Breaking News

वर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित, गोरखा आसपासमा अत्याधीक वर्षा

Banner

काठमाडौँ, पुस १४

बुधबार बिहानदेखि हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा परेको बाक्लो हिमपात र तराईका विभिन्न जिल्लाहरूमा परेको अविरल झरीले देशभरको जनजीवन प्रभावित भएको छ ।

अरब सागरबाट आएको पश्चिमी जलवायु प्रभावका कारण देशभर वर्षा भइरहेको मौसमविद् सविना शाक्य बताइन् ।

उनका अनुसार पछिल्ले २४ घण्टामा आज पश्चिमी भागमा बढी वर्षा भएको थियो ।  त्यस्तै गोरखा आसपास ४० मिलिमिटर, कास्की आसपासमा १४ मिलिमिटर, लमजुङमा ३९ दशमलव ८ मिलिमिटर, चितवनमा ४० मिलिमिटर, मनाङमा २७ दशमलव ५ मिलिमिटर र काठमाडौँमा १० दशमलव ७ मिलिमिटर र सुदूरपश्चिमका जिल्लाहरूमा १० मिलिमिटर हाराहारी वर्षा भएको छ  ।

मौसम पूर्वानुमान शाखाका अनुसार अविरल वर्षा र हिमपातका कारण तापक्रम दर पनि घटेको छ । काठमाडौँको तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस,जनकपुरमा १५ दशमलव २ डिग्री सेल्सियस, नेपालगञ्जमा १२ दशमलव ६ डिग्री सेल्सियस, सिमरामा १४ डिग्री सेल्सियस, धनगढीमा १२ दशमलव ५ डिग्री सेल्सियस, भैरहवामा १३ दशमलव ३ डिग्री सेल्सियस,  र विराटनगरमा १३ डिग्री सेल्सियस पुगेको छ ।

त्यस्तै आज रातिपनि देशभर आंशिक देखी सामान्य बदली रहने, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>