Breaking News

कपिलवस्तुमा ट्रक र बसको ठक्करबाट बैंक कर्मचारीको मृत्यु, दुई घाइते

Banner
काठमाडौं, पुस १४-

गए राति कपिलवस्तुमा ट्रक र बसले कारलाई पालैपालो ठक्करदिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा उनीहरू मंगलबार राति करिब १० बजे दुर्घटनामा परेका थिए। दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते भएका पाण्डेलाई उपचारको क्रममा क्रिमसन अस्पतालका चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।

कारमा सवार वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्मा र कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनाल घाइते छन् । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाण्डे सवार बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा नम्बर खुलेको ट्रकले ठक्कर दिएको थियो । त्यस्तै पछि ना ५ ख ३३८७ नम्बरको बसले उक्त कारलाई ठक्कर दिएको थियो।

पाण्डे शाइन रेसुंगा बैंक जितपुर शाखाको प्रमुख थिए भने कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष पनि हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>