Breaking News
काठमाडौंको नयाँ बसपार्कमा महिलामाथि बलात्कार, ८ जना पक्राउ

काठमाडौं, पुस १३ –
काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले घटनाको अनुसन्धानका क्रममा ७ जनालाई पक्राउ गरेको र दुई फरारको खोजी भइरहेको जानकारी दिए।
एसएसपी गिरीका अनुसार काम खोज्न भन्दै सुर्खेतबाट पुस १२ गते काठमाडौं आएकी महिलालाई दुई दिनसम्म एक सामूहिक बलात्कार गरेको हो ।
पीडित महिलाको उजुरीपछि प्रहरीले सामूहिक बलात्कारमा संलग्नहरुको खोजी थालेको थियो। त्यस्तै पीडित महिलाले भनेको आधारमा सीसीटीभी फुटेज, हुलिया आदीका आधारमा सात जनालाई पक्राउ गर्न सफल भएको एसएसपी गिरीले भने।
पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् भने एकको खोजी भइरहेको प्रहरीले बतायो ।
एसएसपी गिरीका अनुसार पीडित महिलाको स्वास्थ्य जाँच गरिएको र उनको अवस्था अहिले सामान्य छ।



























