Breaking News

किशोरीलाई बन्धक बनाएर बारम्बार करणीः चिनेजानेका व्यक्तिहरुबाट घटना बढ्दो

Banner

मनिका विश्वकर्मा

काठमाडौंः पछिल्लो समय चिनेजानेका व्यक्तिहरुबाट जबरजस्ती करणीका घटनाहरु बढिरहेको छ । यस्तै काठमाडौंमा उपत्यकामा पनि कोरोना महामारीको समयमा जबरजस्ती करणीका घटनाहरु बढिरहेको छ । सामाजिक संजालमार्फत चिनजान हुने र भेटघाट पश्चात करणीका घटनाहरु बढिरहेको सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।

केस नं १ः संगित सिकाउनेक्रममा कालीमाटीको रेष्टुरेण्डमा करणी

नाम परिवर्तित रितालाई संगित क्षेत्रमा बहुतै मन पर्दथ्यो । गीत संगित क्षेत्रमा लामो समयदेखी काम गरिरहेको भन्ने २२ वर्षीय पुरुषसंग उनको सामाजिक संजालमार्फत चिनजान भयो । पुरुषले शुल्क लिएर नै रिताको गितको एल्बमहरू निकालिदिएका थिए । सोही क्रममा उनीहरुको चिनजानसंगै भेटघाट पनि भएको थियो । एक दिन साझँ पुरुषले रितालाई गीत लेखेर पठाउने भनेर फोन आयो । रिता आफ्नो बहिनीसंगै कोठाभाडामा कोटेश्वरमा बस्थिन् । उक्त दिन पनि रिताले बहिनीलाई जानकारी दिएर नै पुरुषलाई भेट्न गएकी थिइन् । साढे ६ बजे रिता पुरुष भएको ठाँउ कालीमाटीस्थित रेष्टुरेण्डमा पुगिन् ।

उनलाई जबरजस्ती कोठाभित्र लगे । त्यसपछि पुरुषले रितालाई बारम्बार करणी गरे । राति १० बजेसम्म पुरुषले रितालाई करणी गरिरहे । यो क्रममा रिता चिच्याउने, उनले गर्नसक्ने सबै गरिन् । तर उनको आवाज कोठाभित्र नै गुञ्जिरहे । रिताले आफु आत्महत्या गरेर मरिदिन्छु भनेपछि पुरुषले उनलाई छोडीदियो । रातको समयमा नै उनले बहिनीलाई उक्त घटनाबारे जानकारी दिएपछि प्रहरीमा उजुरी गरे । अपराध (संहिता) २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा (१) र (२) को कसुर भएकोले पुरुषलाई कारबाही गर्न पिडित पक्षले माग रहेको छ ।

उक्त पुरुषलाई अहिले थुनामा राखिएको छ । उक्त घटना जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । पिडक पुरुषले भने सहमतीमा नै उक्त घटना भएको भनेर अस्वीकार गरेका छन् । अदालतमा उक्त मुद्दा चालु अवस्थामा रहेको छ । अनुसन्धानको काम भईरहेको सरकारी वकिल कार्यालयले जनाएको छ ।

केस नं २ः १६ वर्षीय किशोरीलाई बन्धक बनाएर बारम्बार करणी

१६ वर्षीय किशोरीलाई बन्धक बनाएर बारम्बार करणी भएको छ । सामाजिक संजालमार्फत चिनजान भएपछि विवाह गर्छु भनेर फकाई फुलाई भेटघाट गर्ने क्रममा किशोरीलाई करणी गरेको हो । काठमाडौँ वडा नं ३२ गौरी गाँउमा पुरुषले किशोरीलाई भेट्न बोलाएका थिए । पुरुषले किशोरीले कोठामा बन्धक बनाएर साढे तिन महिना पटक पटक करणी गरेको पिडित पक्षले जाहेरीमा उल्लेख गरेका छन् । फोनसमेत लिन नदिएर उनले किशोरी कुटपिट गर्दै टाउको, अनुहार लगायतमा चोट पु¥याई घाईते बनाएका थिए । कुटपिट गरेपछि किशोरीले लुकेर आमालाई फोन गरेर घटनाबारे जानकारी गराएपछि उनको उद्धार भएको थियो । आमाले प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी हुन् । उजुरी दर्ता भएपछि पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । हाल उक्त मुद्दा काठमाडौँ अदालतमा दर्ता भएको छ । साथै घटनाबारे अनुसन्धानको क्रम चलिरहेको छ ।

केस नं. ३ नाबालिकामाथि दुई पुरुषबाट बन्धक बनाई करणीः घरबेटीको साहारामा उजुरी दर्ता

बुबाले दोस्रो विवाह गरेपछि आमाले सानै उमेरमा बालिकालाई छोडेर माईती बस्न थालेकी थिइन् । सौतेनी आमाबाट दिनहुँ कुटपिट र दबन सुरु भएपछि उनले घर छोड्न बाध्य भइन् । आफैँ काम गर्ने र पढ्ने भनेर उनले घर छोडेकी थिइन् । तर उनले सोचेको जस्तो केही भएन । काम खोज्ने सिलसिलामा उनको गाँउको हजुरबुबा भनिने ३६ वर्षीय पुरुषले काममा लगाइदिने भनेर काठमाडौँ ल्याउँछन् । पुरुषले साथीको कोठामा लैजान्छन् । बालिकालाई काठमाडौँ वडा नं ९ सिनामंगलमा लैजान्छन् । त्यसैदिन हजुरबुबा भनिने उनैका साथीले बालिकालाई बारम्बार करणी गर्छन् । उनी रुदाँ चिच्याउँदा समेत उनीहरुलाई बारम्बार करणी गर्छन् ।

दुइतिन सम्म करणी गरेपछि बालिका कोठाबाहिर निस्कनेक्रममा उनको अवस्था ज्यादै नाजुक थियो । नकोरिएका कपाल, धेरै रोएर सुकेका आँशुका टाटा भरिएका आँखाहरु देख्दा उनलाई सन्चो नभएको थाहा पाउन सकिन्थ्यो । सोही क्रममा घरबेटीले उनको अवस्थादेखेपछि बालिकालाई सोधपुछ गर्दा घटनाबारे जानकारी पाउँछन् । घटनाको बारेमा जानकारी भएसंगै घरबेटीले प्रहरीमा उजुरी दिन्छन् । उजुरी दिएपछि प्रहरीले एक जनालाई मात्रै पक्राउ गरी थुनामा राखेको छ भने एक जना फरार रहेका छन् । उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । उक्त घटना दुई महिना अघिको मात्रै हो । पिडकले भने गल्ती स्वीकार गरेका छै्रनन् । साउन ८ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

केस नं. ४ः छिमेकीबाट करणी

कक्षा ७ मा पढ्ने बालिका घरमा नै अनलाइन क्लास पढ्दै थिइन् । लकडाउन भएकोले उनी बिहान मर्निङ वाक जान्थिन् । उनी हिड्ने बाटो नै पिडकको पसल नजिकै नै थियो । मिडिया हाउसमा काम गर्ने आफ्नै घर नजिकको छिमेकी(पिडक) ले बालिकासंग बोल्न खोज्ने, जिस्काउने गर्थे बालिकाले भने वेवास्ता गरी आफ्नो काममा फोकस गरिरहेको जाहेरीमा उल्लेख छ ।

बालिका र उनका भाईलाई फकाईफुलाई २५ वर्षीय पुरुषले पसलमा बोलाउन्छन् । पसलमा लगेर उनले बालिकालाई सिसिटिभि नभएको कोठमा केही कुरा गर्नु छ भनेर बोलाउँछन् । सोही क्रममा बालिकालाई उनले करणी गर्छन् । बालिकाले इन्कार गर्दा गर्दै पनि उनले करणी गरेपछि उक्त घटनाबारे बालिकाले आमालाई जानकारी दिन्छन् । घटनाबारे जानकारी लिएपछि आमाले नै प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् । प्रहरीले पुरुषलाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानको क्रम अघि बढिरहेको छ । तिन वटै घटना हेर्दा पिडकले स्वीकार गरेका छैनन् । पिडितलाई नै थप आरोपित गरेको देखिन्छ । एक घटनामा पिडितले नै उजुरी दिएका छन् । भने दुई घटनामा पिडितले आफैँले उजुरी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>