चितवन विशेष
चितवनमा ‘खुल्ला नाथशरीफ प्रतियोगिता २०७८’ हुने
०

भरतपुरः भरतपुरमा ‘खुल्ला नाथशरीफ प्रतियोगिता २०७८’ हुने भएको छ । जिल्लाका मुस्लिम समुदायका युवाको सर्वाङ्गीण विकासको लागि प्रतियोगिता हुने भएको हो । मुस्लिम नेवा: वेबारिसे शव जनाजा व्यवस्थापन केन्द्रको आयोजनामा हुने उक्त प्रतियोगिता पुस १८ गतेबाट सुरु हुनेछ ।
मुस्लिम समुदायका युवा मात्रै सहभागि हुन पाउने प्रतियोगिता भरतपुर २ स्थित रामेश्वर पुस्ताकालय भवनमा हुनेछ । हिन्दु धर्मको भजन जस्तै ‘नाथशरीफ’ भनेको मुस्लिम समुदायको एक कला हो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई इस्लामी पोशाकसहित ५ हजारसम्म पुरस्कार रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























