मकवानपुर

माओवादी केन्द्र मकवानपुरका जिल्ला सदस्यसहित दुई दर्जन एमाले प्रवेश

Banner

हेटौँडा,पुस १३-

नेकपा माओवादी केन्द्र हेटौँडा ८ का दुई दर्जन नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । आज हेटौँडाको नेकपा एमाले पार्टी कार्यलयमा भएको पार्टी प्रवेश कार्यक्रमबिच माओवादी केन्द्रका जिल्ला सदस्यहरु सहित स्थानीत तहमा वडा अध्यक्षका उम्मेद्वार, वाईसिएल नेपालका जिल्ला सदस्य सहित माके वडा नंबर ८ वडा कमिाटिका सदस्यहरु एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका जिल्ला सदस्य तथा वडा अध्यक्षका उम्मेद्वार धर्मराज पुडासैनी, जिल्ला सदस्य परमानन्द मिश्र, माओवादी केन्द्रका नगरकमिटि सदस्य सादुराम राउत, होमनाथ खनाल, माओवादी केन्द्र हेटौँडा ८ का वडा सचिव सुजन कार्की, वडा कमिटि सदस्यहरु साधुराम ग्यावा, सुर्य खनाल, रिता अधिकारी, वाईसियल जिल्ला सदस्य विराज गौतम, सन्तोष डंगोल लक्षु उप्रेती, अमृत डिडमडुम, प्रदिप मिश्र लगाएतका दुई दर्जन माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल सहितका टोलीले एमालेमा स्वागत गरेका थिए । पार्टी प्रवेश पश्चात बोल्दै पुडासैनीले समृद्ध नेपाल निर्माणको अगुवाई एमालेले गर्ने ठानेर आफुहरु एमालेमा समाहित भएको बताए । एमालेको वर्तमान नेतृत्वले देशलाई समृद्धितर्फ लैजाने विश्वास भएर आफुहरु एमालेमा प्रवेश गरेको र एमालेको विभिन्न कमिटिमा रहेर काम गर्ने समेत बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>