Breaking News

अंग्रेजी नयाँ वर्षमा सौराहा आउने पर्यटकलाई झाँकीसहित स्वागत गरिने

Banner

चितवन, पुस १३–

सौराहाका पर्यटन व्यवसायीले अंग्रेजी नयाँ वर्षमा सौराहा आउने पर्यटकलाई बाटोबाटै स्वागत गर्ने भएका छन् ।

रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाले नयाँ वर्षको अवसरमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्य अनुरुप स्वागत कार्यक्रम राखेका हुन् । सौराहा प्रवेश गरेपछि उनीहरुका लागी पर्यटनसंग सम्बन्धित ब्यवसायी स्वागतका लागी पुग्नेछन् । व्यवसायीले विभिन्न सांस्कृतिक झाँकीसहित बाजा गाजाले स्वागत गर्नेछन् । कोभिडका कारण थलिएको पर्यटन उकास्न पर्यटक लक्षित गरेर कार्यक्रम तयार परिएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए ।

नयाँ वर्षको अघिल्लो साँझ रेवानले सौराहाको सिसुवारस्थित घण्टाघरमा स्वागतद्धार राख्नेछ । स्वागतद्धारमा रहेका दुई जना महिलाले सौराहा प्रवेश गर्र्ने सबै पर्यटकलाई नमस्कार गर्दै स्वागत गर्नेछन् । त्यसपछि सपना भिलेज चोकबाट पंञ्चे बाजासहित विभिन्न जातजातिको झाकीसहित स्वागत गरिने रेवान सौराहाका पूर्व अध्यक्ष राजन भट्टले बताए । नेवार संस्कृतिको लाखे नाच, थारु संस्कृतिको महिलाहरुको लाठी नाच, तामाङ सेलो, मगर जातीको संस्कृति सहितपर्यटकलाई सौराहा लगिने योजना बनाइएको छ ।

नयाँ वर्षमा सौराहाका विभिन्न होटल तथा रेष्टुराँमा बेग्लाबेग्लै कार्यक्रम हुने गर्दछ । संस्थागतरुपले क्षेत्रीय रेवान सौराहाले स्वागत गर्न लागेको हो । नयाँ वर्षले पर्यटक आवागमन बढ्नेमा पर्यटन व्यवसायी आशावादी छन् । सौराहाको पर्यटन अंग्रेजी नयाँ वर्ष २०२२ ले चलायमान बनाउने रेवान सौराहाका संस्थापक अध्यक्ष बलराम दाहालले बताए ।

नयाँ वर्षको अघिल्लो दिनको रात केही रेष्टुराँ र पबहरूमा पर्यटक रमाउँछन् । सौराहाका रेस्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन पाउने छन् । सौराहामा पारिवारिक रमाइला, वन्यजन्तु अवलोकन, डुङ्गा सयर, हात्ती तथा जीप सफारी गर्न पाइन्छ । सौराहा वन्यजन्तु पर्यटनको लागी नेपालकै उत्कृष्ट गन्ब्य हो । क्षेत्रीय होटल संघका उपाध्यक्ष अञ्जन कुमार पाण्डेले सौराहाको पर्यटन विश्वमै चर्चित रहेकाले विदेशी पर्यटक आउनेमा आशाबादी रहेको बताए । उनले पर्यटक स्वागतको लागी सौराहा आतुर रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>