कर्पोरेट

सिटिजन्स बैँकका सेवाग्राहीले नारायणगढको सिराइचुली होटलमा विशेष छुट पाउने

Banner

चितवन, पुस १३-

सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेड र नारायणगढको सिराइचुली होटलबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार सिटिजन्स बैँकको कार्डबाहकलाई सिराइचुली होटलले विशेष छुट दिने भएको छ । यस किसिमको सहकार्यबाट बैँकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैँकले लिएको बैँकले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म सिटिजन्स बैँकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैँकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको जनाइएको छ । मोबाइल बैँकिङ मार्फत् खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैँकले गराएको छ ।

सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैँकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्तरुप प्रदान गर्न बैँकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआरकोड स्क्यान गरी खाताबाट रकम झिक्ने सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैँकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।
साथै कोभिड १९ को त्रास अझै पनिकायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैँकमा नआइकनै बैँकिङ सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैँकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैँकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ , शेयर कारोबारको सहजीकरणका लागि डिम्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको बैँकले जनाएको छ । यस प्रकारको सेवाबाट बैँकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैँकले लिएको बैँकले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>