चितवन विशेष
प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको बागमती प्रदेशको अध्यक्षमा हिम्मत पुरी
०

चितवन,पुस १२-
प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान) बागमती प्रदेश कमिटीको अध्यक्षमा हिम्मत पुरी चयन हुनुभएको छ । आज (सोमबार) भरतपुरमा सम्पन्न प्रथम बागमती प्रदेश सम्मेलनबाट उहाँ सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । कमिटीको बरिष्ठ उपाध्यक्षमा सुवास गौतम, उपाध्यक्षमा डा.टंक ओझा र इश्वर पाठक चयन हुनुभएको छ । यस्तै सचिवमा कृष्ण लामिछाने र सहसचिवमा प्रकाश रिजाल चयन हुनुभएको छ ।

कमिटीको सदस्यहरुमा गुरु तिवारी,जिवन अधिकारी,रिषिराम भण्डारी,रिता पौडेल,उमेश हुमागाई,आलोक श्रेष्ठ,किशोर अर्याल,मनिष अधिकारी,कुमार नेवार,शुरेश स्थापित,शिव सुवेदी र नगेन्द्र थापा चयन हुनुभएको छ । सम्मेलनको नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले उद्घाटन गर्नुभएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























