Breaking News

प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको बागमती प्रदेश सम्मेलन चितवनमा

व्यवसायीक एकतामा जोड

Banner

चितवन,पुस १२-

प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान)को प्रथम बागमती प्रदेश सम्मेलन आज सोमबार चितवन भएको छ । सम्मेलनको नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा बौल्दै ज्ञवालीले शैक्षिक परामर्श व्यवसाय र यसमा आबद्ध व्यवसायीलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताउनुभयो । उहाँले सही परामर्श दिएर लाखौं विद्यार्थीलाई ज्ञान, सीप र आय आर्जनका लागि बिदेश पठाउने तथा देशभित्र विभिन्न विषयको तयारीकक्षा संचालन गरिरहेका शैक्षिक संस्थाको काम प्रशंसनिय भएको बताउनुभयो । नेपालबाट विद्यार्थीलाई विदेश पठाउने मात्र नभई त्यहाँ सिकेको सिप, क्षमता र पुजी नेपाल भित्राउने वातावरण तयार गर्न पनि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्नेहरुले ध्यान दिनुपर्ने उहाँको भनाई छ । ‘विभिन्न अवसरले जो जहाँ पनि जान सक्छ । यो शताब्दिमा विश्व एकीकृत भएको छ । विदेश जाने कुरालाई अन्यथा लिनु हुँदैन’,उहाँले भन्नुभयो ।’ उहाँले बिश्वका विकसित देशहरुमा पनि अध्ययन अनुसन्धानका लागि अन्य देशमा गएर पढ्ने र काम गर्ने परम्परा रहेको बताउनुभयो । शैक्षिक परामर्श व्यवसायीका समस्यामा पार्टी संधै साथमा रहने ज्ञवालीले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका उद्योग विभाग संयोजक डा.तिलचन्द्र भट्टराईले राजनीतिक पार्टीले पनि उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सही परामर्श दिएर विदेश पठाउँदा आम नागरिकमा सही सन्देश जाने हुँदा त्यसमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले व्यवसायीक मर्यादा र आचरणलाई ध्यानमा राखेर काम गर्न सुझाब दिनुभयो । भट्टराईले देशमा औधोगिक विकासका लागि पनि विदेशमा गएर अध्ययन अनुसन्धान गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ बागमती प्रदेश कमिटीका अध्यक्ष हिम्मत पुरीले व्यवसायीक र बैचारिक एकताका लागि संघ निर्माण गरेको बताउनुभयो । उहाँले नेपालदेखि विदेश र स्वदेशमा विभिन्न तयारी कक्षा र टिउसन कोचिङ पढाउने व्यवसायीक संस्थाहरु संघमा आवद्ध भएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले व्यवसायीक सुदृढिकरण र क्षमता विकासमा जोड दिइएको थियो । व्यवसायमा थुप्रै चुनौतीहरु रहेका र सामुहिकताका आधारमा सामना गर्दै जानुपर्ने उनिहरुको भनाई थियो ।

सम्मेलनबाटै जिल्ला र प्रदेशको नयाँ कमिटी निर्माण गरिएको प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघका केन्द्रीय सदस्य यज्ञविलाश पौडेल (वाइबी) ले जानकारी दिनुभयो । कार्यक्रमा प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघका संयोजक विष्णु पोखरेल,सहसंयोजक राजन श्रेष्ठ, प्रदेश १ संयोजक कमल तिमिल्सीना,गण्डकी प्रदेश संयोजक भुवन क्षेत्री, पिक्यान्का केन्द्रीय सदस्य,बागमती प्रदेश कमिटी सदस्यहरु,जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ बागमती प्रदेश कमिटीका अध्यक्ष हिम्मत पुरीको अध्यक्षतामा सम्मेलन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>