अर्थ

ग्रामीण क्षेत्रका महिला कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर

Banner

पाल्पा, पुस १२-

यहाँका ग्रामीण क्षेत्रका महिला पछिल्ला वर्षमा आत्मनिर्भर बन्न थालेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला कृषि तथा पशुपालनका क्षेत्रमा लागेपछि आत्मनिर्भर हुन थालेका हुन् । परिश्रमी महिला स्वदेशमा नै कर्म गरी प्रशस्त आम्दानी गरिरहेका छन् ।

सामान्य लेखपढ गरेका महिलाले स्थानीय स्रोत, साधनको परिचालन गरी प्रशस्त आन्दानी गर्दै नमूना देखाएका छन् । ग्रामीण क्षेत्रमा रोजगारीको अभावमा शहर पस्नेको लर्को देखिए पनि यहाँका ग्रामीण क्षेत्रका महिलाको व्यवसाय लोभ लाग्दो छ । तानसेन नगरपालिका–१० जमुनाखर्ककी सीतादेवी आलेका श्रीमान् रोजगारीका लागि विदेश जानुभएको छ । आलेका छोराछोरी अध्ययनका लागि शहरमा बसोबास गर्छन् । सीतादेवीले मात्र घर बसी व्यावसायिक तरकारी उत्पादनसँगै सामाजिक काममा अग्रसरता देखाउनुभएको छ ।

दिनरातको प्रयासले उहाँको व्यावसायिक तरकारी उत्पादन प्रणाली उत्साहजन छ । यो मौसममा सिमी, बोडी, साग, केराउ, धनियाँ, काउलीलगायतका तरकारी निकासीमा उहाँ व्यस्त हुनुहुन्छ । वार्षिक रु दुई लाख तरकारी खेतीबाट आम्दानी हुने उहाँले जानकारी दिनुभयो ।

सोही स्थानकी मनु सिञ्जालीले छोराछोरीलाई लालनपालन र शिक्षादिक्षाका लागि चाहिने खर्च जुटाउन व्यावसायिक तरकारी खेतीबाट सक्षम भएको बताउनुभयो । पहिला जस्तै गरी सानातिना कामका लागि पनि श्रीमान्सँग पैसा माग्नुपर्ने बाध्यता पछिल्ला वर्ष हटेको उहाँ बताउनुहन्छ । “आफँैले व्यावसायिक तरकारीखेती गर्न थालेसँगै दुई÷चार रुपैयाँ श्रीमान्लाई मागेका बेला उपलब्ध गराउन पाउँदा खुसी छु”, उहाँ भन्नुहुन्छ, “घरमा बसीबसी खेतबारीमा मेहनत गरी दुईचार लाख आम्दानी गर्न सक्षम भएकामा सन्तुष्ट छु ।”

तानसेन–५ अर्चलेकी मीना सोमैले खेतबारीमा अन्नबाली रोपेर वन्यजन्तुबाट जोगाउन मुश्किल भयो । मेहनतअनुरुप प्रतिफल प्राप्ति हुन नसकेपछि व्यावसायिकरुपमा घाँसखेती गर्न उहाँले बाध्य हुनप¥यो । झण्डै आठ रोपनीमा सुपर नेपिर र मुलाटो घाँस खेतीबाट पहिलो वर्ष नै रु ५० हजार आम्दानी गर्न पाउँदा उहाँ दङ्ग हुनुहुन्छ ।

खेतबारीका कान्लामा रोपिएको घाँस खेतीबाट आम्दानीसँगै हरियालीले लोभ्याएको छ । सोमैले अगामी वर्ष सुपर नेपिर र मुलाटो घाँसखेती अझै बढी लगाउने र रु दुई÷तीन लाख आम्दानी गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

तानसेन नगरपालिका र युयनडिपी, ग्रामीण आर्थिक विकास सङ्घ सहयोगमा विदेशबाट फर्केका तथा स्वदेशमा बेरोजगार युवालाई उद्यमी बनाउन थालिएको हो । त्यसका लागि कृषि औजार, सीप तथा पुँजी सहयोग गरी नगरपालिकाभित्रका युवालाई स्वदेशमा टिकाउने योजनाअनुसार काम भइरहेको ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताउनुभयो ।

नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले महिलाको आर्थिक सशक्तीकरणका लागि बाख्रापालन, कुखुरापालन तथा आयआर्जनसम्बन्धी तालिम सञ्चालन गरिएको बताउनुभयो । आर्थिकरुपमा सबल भएमात्र सामाजिक, राजनीतिक तहमा महिला नेतृत्व पु¥याउन सकिने भएकाले आर्थिकरुपमा कमजोर समुदायका महिलालाई आयआर्जनतर्फ केन्द्रीय कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>