Breaking News

सोलुखुम्बुमा जलविद्युत आयोजना बिस्फोट: दुई इन्जिनियरको मृत्यु, एक घाइते

Banner

सोलुखुम्बु, पुस १२-

आज (आइतबार) अपराह्नमा सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा सुरूङको अगाडिको भाग बिस्फोट भई उछिट्टिएर लाग्दा दुई जनाको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार मृत्यृ हुनेमा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर तथा अछाम घर भएका २६ वर्षीय सुवासराज रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियर तथा काभ्रे घर भएका २९ वर्षीय अर्जुन थापाको रहेका छन्।

घटनामा घाइते भएका हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइलाई आइतबार नै हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको ढकालले बताए।

दुबैको शव पोस्टमार्टमका लागि सोमबार बिहान हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल पठाइएको ढकालले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>