Breaking News

दुई सय मिटरको दुरीमा किशोर -किशोरीको शव झुुण्डिएको अवस्थामा फेला

Banner

कैलाली, पुस १२-

कैलालीको गौरीगंगा नगरपालिकामा दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका(३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु मृत अवस्थामा फेला परेकी हुन् । त्यस्तै साही ठाँउका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ दुई सय मिटरको दुरीमा मृत फेला परेका हुन् ।

डीएसपी जोशीले सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् भने त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको थिए ।

जोशीले भने, ‘आइतबार रात परेकोले दुवै मृत्युबारे धेरै कुरा बुुझ्न नसकिएको हाल हामी अनुुसन्धानकै क्रममा छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>