Breaking News

एमाले सिध्याउँछु भन्नेहरु अव कसरी एमालेसंग मिल्नेहोला भन्न थालेका छन्ः देवी ज्ञवाली

Banner

चितवन,पुस १२-

नेकपा एमालेका पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले एमाले सिध्याउँछु भन्नेहरु अव कसरी एमालेसंग मिल्नेहोला भन्ने निचोडमा पुग्न थालेको बताउनुभएको छ । आज (सोमबार) भरतपुरमा प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको बागमती प्रदेश भेलाको उद्घाटन गर्दै नेता ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै सो कुरा बताउनुभएको हो । प्रचण्डले आइतबार मात्रै एमाले र माओवादीको एकिकरण ठिक थियो भन्ने अभिव्यक्ती दिनुभएको थियो । ‘काँग्रेससँग एकता गर्दापनि हारेकै कारण प्रचण्ड एण्ड कम्पनी एमालेसंग एकता गर्न आएको हो,उहाँले भन्नुभयो’,अहिले एमाले सिध्याउँछु भन्दैगर्दा पनि अव सकिएन कसरी मिल्नेहोला भन्न थालेका छन् ।’

उहाँले विगतमा पनि एमालेबिरुद्ध गठबन्धन भएको भन्दै अहिलेको गठबन्धन एमालेका लागि खासै समस्या नभएको बताउनुभयो । ‘एमाले घेराबन्दीसंग डराउने पार्टी होइन, जनतामा विश्वास गर्ने भएकाले जनभावना अनुसार काम गर्दै जान्छ,उहाँले भन्नुभयो ।’ नेता ज्ञवालीले एमालेले नेतृत्व गरेको सरकारको कामबाट नेपालका मात्र नभई संसारका प्रतिक्रियाबादीहरु आत्तिएको बताउनुभयो । उहाँले बैधानिक माध्यामबाट एमालेको बर्हिगमन सम्भव नदेखेपछि परमादेश जारी गरिएको दाबी गर्नुभयो । परमादेश किन र केका लागि भएको थियो भन्ने कुरा जनताले क्रमशः बुझ्दै जान थालेको उहाँको भनाई छ ।

‘हामीलाई अझैपनि घेराबन्दी गर्ने तीब्र प्रयासहरु भइरहेका छन् । संसद विघठनको कुरालाई लिएर हामीले ठूलो आक्रमण भोग्यौं । संसद विघठन बाध्यात्मक थियो । सरकारलाई काम गर्न नदिएपछि जनतामा जाने निर्णय गरेका थियौं । जनतामा जाने कुरा प्रतिगमन थिएन र होइन पनि’,उहाँले भन्नुभयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>