विजनेश

२ नं.प्रदेशमा शिवम् सिमेन्टको अन्र्तक्रिया, एक हजार बढी निर्माणकर्मीको जोखिम बीमा

Banner

काठमाडौँ, पुस ११–

शिवम् सिमेन्ट लिमिटेडद्धारा २ नं. प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुका १२ स्थानमा निर्माणकर्मीहरुसंग अन्तरक्रिया गरेको छ ।

निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रमा १ हजार भन्दा बढी निर्माणकर्मीहरुसंग परामर्श तथा उनीहरुको जोखिम बहन बीमाको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुकासाथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि रु.५ लाख बराबरको दुर्घटना बीमा गरि बीमा पोलिसी समेत हस्तान्तरण गरिएको थियो । योसंगै शिवम्ले देशका विभिन्न स्थानहरुका २५ सय बढी निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बहन बीमा गरिसकेको छ ।

मिर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका विभिन्न १२ स्थानका १ हजार भन्दा बढी निर्माणकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>