Breaking News

माओवादीमा १५ पदाधिकारी : वरिष्ठसहित ७ उपाध्यक्ष, ३ सचिव

Banner

काठमाडौँ, पुस ११-

नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशनको आज देखि सुरु हुँदै छ । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो ३ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनका उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय समितिको बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष गरी माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ ।

महाधिवेशनका लागि विभिन्न जिल्लाबाट मनोनीत सहित १६०० को हाराहारिमा प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् ।

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>