Breaking News

कसको हालत के हुन्छ भन्ने आउने चुनावमा देखिन्छ : प्रचण्ड

Banner

काठमाडौँ, पुस ९-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसको हालत के हुन्छ भन्ने आउने निर्वाचनमा देखिने बताएका छन् ।

नेकपा मसाल सम्पर्क केन्द्रसँग पार्टी एकता घोषणा कार्यक्रममा संसदमा बोल्दा आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेर चेतावनी दिएको स्मरण गर्दै प्रचण्डले भने, ‘आगोसँग खेल्दा बालुवाटारबाट बालकोट भयो र छ वटै प्रदेशका मुख्यमन्त्री चट भयो ।’

त्यस्तै कार्यक्रममा आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भर्‍याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको बताउदै ‘कसको हालत के हुन्छ आउने निर्वाचनमा देखिने प्रचण्डले बताए ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>