Breaking News

बागमती प्रदेश सरकारले चौंथो तथा अन्तिमपटक पटक मन्त्रिपरिषद् विस्तार गर्दै

Banner

बागमती, पुस ९-

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज, शुक्रबार चौंथो तथा अन्तिमपटक पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन्।

सरकारका एक मन्त्रीले भने ‘हामीले यसअघि नै १४ मन्त्रालय बनाउने निर्णय गरिसकेका थियौँ, र ‘सोही अनुसार आज चौंथो तथा अन्तिमपटक पटक मन्त्रिपरिषद् विस्तार हुन लागेको हो’, ।

आज ३ जना मन्त्री र २ राज्यमन्त्री नियुक्त गर्ने मुख्यमन्त्रीको अन्तिम तयारी रहेको छ । यसअघि ११ मन्त्री र १ राज्य मन्त्री नियुक्त भइसकेका छन्। त्यस्तै बागमती प्रदेश सरकारले ८ वटा मन्त्रालय विभाजन गरेर १४ पुर्‍याएको थियो।

नेकपा एकीकृत समाजवादीको नेतृत्वमा बनेको बागमती प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र यसअघि नै सहभागी भइसकेको छ भने कांग्रेसबाट भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्री नियुक्त भइसकेका छन्।

त्यस्तै कांग्रेसले अब हुने मन्त्रिपरिषद् विस्तारमा उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति तथा पर्यटन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>