चितवन विशेष

अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पसको अध्यक्षमा महेश सापकोटा

Banner

चितवन, पुस ८ –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्ड्की बहुमुखी क्याम्पस भरतपुरको अध्यक्षमा महेश सापकोटा चयन भएका छन् ।

आज बिहीबार क्याम्पसको सभाहलमा भएको २४ औँ क्याम्पस कमिटी सम्मेलनबाट सर्वसम्मतिले अध्यक्षमा सापकोटालाई चयन गरिएको हो ।

सम्मेलनले ५४ जना सदस्यीयको नयाँ कार्य कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा दिपेन्द्र पराजुली, सचिवमा सुनिल लम्साल, सहसचिवमा प्रकास सिल्वाल, गोकुल पाण्डे, समुन्द्र घिमिरे, राजन लामिछाने र विष्णु काफ्लेलाई चयन भएका छन् ।

अध्यक्षमा महेश साप्कोटा, सुवास सुवेदी र अक्ष्यराज पन्तीले नाम दर्ता गराएको भए पनि सपकोटालाई सर्वसम्मतिले चयन गरिएको हो ।

सम्मेलनमा नेकपा एमालेका नेता काशिनाथ अधिकारी, अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्य, छिमेकी क्याम्पस कमिटीको अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

अनेरास्ववियुले सबै क्याम्पसहरुमा धमाधम अधिवेशन गरिरहेको छ । पुस ६ गते पोलिटेक्निक कलेज, ७ गते बिरेन्द्र बहुमुखी क्याम्पसमा कमिटी गठन गरिएको थियो भने पुस ९ गते शुक्रबार सहिद स्मृती क्याम्पसका टाँडीको अधिवेशन हुँदैछ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>