Breaking News

रञ्जु दर्शनाले छाडिन् विवेकशील साझा

Banner

काठमाडौं, पुस ८ –
विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन् ।

रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् । अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् ।

उनले लेखेको पत्रमा भनिएको छ, ‘वि.सं. २०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव-चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ । तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ ।’

वैकल्पिक राजनीतिक पार्टीको खोलमात्र ओढेको विवेकशील साझा पार्टीमा आफ्नो समय, ऊर्जा केही पनि दिन नसक्ने नसकने भन्दै आफू पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको उनले बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>