Breaking News

चितवनमा बिजुली महसुल नतिर्ने क्रिकेट रंगशाला र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटियो

Banner

चितवन, पुस ७-

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विजुलीको बिल नतिरेको भन्दै धुर्मुस सुन्तली फाउन्डेसन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटिदिएको छ । प्राधिकरणले आज (बुधबार) मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन काटेको छ ।

प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको आठ लाख ८७ हजार रुपैयाँ बक्यौता रकम तिर्न बाँकी रहेकोले लाइन कटिदिएको हो ।

उनका अनुसार मदिरा उत्पादक कम्पनी माउन्ट एभरेस्ट ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै विद्युत लाइन काट्न पुगेका प्राधिकरणका कर्मचारीहरुलाई उद्योगभित्र पसेर लाइन काट्न नदिएपछि उद्योगको कम्पाउण्डबाहिर नै जम्पर खोलेर लाइन काटिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>