चितवन विशेष

अनेरास्ववियु बीरेन्द्र क्याम्पस कमिटी अध्यक्षमा सुदिप पौडेल

Banner

 चितवन, पुस ७-

एमाले निकटको अनेरास्ववियु बीरेन्द्र बहुमुखी क्याम्पस कमिटीको सम्मेलनबाट अध्यक्षमा सुदिप पौडेल चयन भएका छन् । क्याम्पसमा वुधवार भएको सम्मेलनले ५१ सदस्यीय नयाँ कार्य कमिटी चयन गरेको हो ।

जसको उपाध्यक्षमा सन्दिप अधिकारी, सचिवमा सौगात बस्याल, सहसचिवमा सुमन सिग्देल, प्रेम लम्साल, अन्जना भट्टराई र कोषाध्यक्षमा लवि तिवारीलाई चयन गरेको छ ।

अनेरास्ववियुका पूर्व अध्यक्ष एवम् एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियुका उपाध्यक्ष निशा अधिकारी, स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज प्रकाश भट्ट, केन्द्रीय सदस्य देव पाठक, जिल्ला अध्यक्ष प्रकाश आचार्य, पूर्व जिल्ला अध्यक्ष निरज भट्ट, अनेरास्ववियु जिल्ला नेता अमित गुप्ता, अमित आचार्यको उपस्थिती रहेको थियो ।

अनेरास्ववियुले ८ गते विहिवार सप्तगण्डकी क्याम्पस, पुस ९ गते शुक्रवार सहिद स्मृती टाँडीको अधिवेशन गर्ने जनाएको छ । यसअघि हिजो पुस ६ गते पोलिटेक्निक कलेजको अधिवेशन सम्पन्न भैसकेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>