चितवन विशेष
चितवनमा रुखको कापोमा घाँटी च्यापिएको अवस्थामा पोथी चितुवा मृत फेला
०

चितवन, पुस ७-
चितवनको रामनगरस्थित ठिमुरा जाने सडक नजिकैको सामुदायिक वन स्थित रुखको कापोमा घाँटी च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको छ ।
डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार चितुवा एक साताअघि नै रुखको कापमा च्यापिएको हुनसक्ने अनुमान गरिएको छ ।
बाघ वा अन्य कुनै चिजलाई देखेपछि भाग्न खोज्दा चितुवा रुखको कापोमा परेको र त्यहाँबाट उम्किन नसक्दा मृत्यु भएको हुनसक्ने सूचना अधिकारी खनालले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























