Breaking News
फेला परे गैरदलित केटी भगाएर २९ गतेदेखि बेपत्ता रहेका चन्द्रे कामी
०

काठमाडौँ, पुस ७-
गत मंसिर २९ गतेदेखि गैरदलित केटी भगाएर बेपत्ता रहेका हुम्लाका चन्द्रे कामी हुम्लाकै खार्पुनाथ गाउँपालिकामा हिँडिरहेको अवस्थामा आज बिहान फेला परेका छन्।
प्रहरीका अनुसार गत मंसिर ५ गते हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका उनले मुगुको सोरु गाउँपालिका–४ की रमिला मल्ललाई भगाएका थिए।
चन्द्रेको परिवारले रमिलाकै माइती पक्षले आफ्ना छोरा बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी दिएपछि रमिलासहित उनका बुवा अहिले पनि प्रहरीको निगरानीमै छन्।
त्यस्तै रमिलाको परिवारले २९ गते राति आफ्नी छोरीलाई खोसेर लगेपछि त्यसै दिनदेखि चन्द्रे बेपत्ता थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























