Breaking News

प्रदेश १ मा नेतृत्व चयनका लागि माओवादी केन्द्रले चुनाव गर्ने

Banner

काठमाडौँ, पुस ७-

बागमती प्रदेशमा निर्वाचनबाट पदाधिकारी चयन गरेपछि प्रदेश १ मा पनि नेतृत्व चयनका लागि नेकपा माओवादी केन्द्रले निर्वाचन गर्ने भएको छ ।

गत मंसिर २५–२६ को प्रथम प्रदेश सम्मेलनले २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरे पनि पदाधिकारीमा सहमति हुन नसकेपछि चुनाव गर्न लागिएको हो।

त्यस्तै आज प्रदेश कमिटीको बैठक बसेपछि प्रदेश नेतृत्व चयनका लागि अध्यक्षलगायत ९ जना पदाधिकारीका लागि निर्वाचन गरिने भएको छ।

प्रदेश कोषाध्यक्ष पदका उमेदवार मदन चुँडालका अनुसार ‘​पार्टीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी, मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायत दाबेदार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>