चितवन विशेष

अनेरास्ववियु पोलिटेक्निक क्याम्पस भरतपुरको अध्यक्षमा लोकराज चौलागाई

Banner

चितवन,पुस ६-

एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियूले जिल्लाका क्याम्पसमा कमिटीहरुको अधिवेशन सुरु गरेको छ । लामो समयदेखि अधिवेशन हुन नसकेका जिल्लाका क्याम्पस तथा उच्च माविहरुमा अधिवेशन तथा कमिटी गठन थालिएको हो । अनेरास्ववियु पोलिटेक्निक क्याम्पस,भोजाडको अध्यक्षमा लोकराज चौलागाई चयन भएका छन् । आज मंगलवार सम्पन्न सातौं क्याम्पस सम्मेलनले चौलागाई, उपाध्यक्षमा युवराज रोकाया, सचिवमा अमित गौतम, सहसचिवमा प्रशान्त घिमिरे, केशव रोकाया, सम्पन्न गिरी र कोषाध्यक्षमा भावना डिसीसहित ३९ सदस्यीय क्यम्पस कमिटी गठन गरिएको छ ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज प्रकाश भट्टको प्रमुख आतिथ्यतामा भएको सो सम्मेलनमा अनेरास्ववियुका सचिवालय सदस्य देव पाठक, जिल्ला अध्यक्ष प्रकाश आचार्य, जिल्ला नेता अमित गुप्ता, अमित आचार्य र सचेत सुवेदीको उपस्थिती रहेको थियो । अनेरास्ववियुले पुस ७ गते बुधवार बीरेन्द्र क्याम्पस,८ गते विहिवार सप्तगण्डकी क्याम्पस, पुस ९ गते शुक्रवार सहिद स्मृती टाँडीको अधिवेशन गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>