Breaking News

पार्टीको सदस्य समेत नरहने गरी विवेकशील साझाले गर्‍यो संयोजक पाण्डेलाई निष्कासन

Banner

काठमाडौँ, पुस ६-

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विवेकशील साझा पार्टीको सदस्य समेत नरहने गरी मिलन पाण्डेलाई निष्कासन गरेको छ ।

विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर चर्को विवाद भएको थियो । मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि पाण्डेले विरोध गरेका थिए ।

मिश्र पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएपछि पाण्डे पक्ष अठ्यारोमा परेको तथा पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेका थिए । केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै विवेकशील साझाले २८ मंसिरमा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

४ पुससम्म जवाफ दिन भनिएकामा पाण्डेले एक दिन ढिला गरी दिएको स्पष्टीकरणमा तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको विवेकशील साझाले बताएको छ ।

त्यस्तै विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>