Breaking News

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका प्रमुख कुटिए, टाउकोमा लगाइयो ७ वटा टाँका

Banner

काठमाडौँ, पुस ६-

काठमाडौँस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का क्याम्पस प्रमुखमाथि चिट चोर्न नदिएको भन्दै परीक्षा सकिएपछि एक विद्यार्थीले हातपात गरेका छन् ।

बीएसडब्ल्यूको पहिलो वर्षको आन्तरिक परीक्षाका क्रममा यो घटना घटेको हो ।’

विवादबारे शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल भइरहेको समयमा कुवेर जेठाराले प्रमुख प्रकाश पुडासैनीलाई पानी पिउने स्टीलको जगले प्रहार गरिएको एक प्रत्यक्षदर्शीले शिक्षकले बताए ।

उनको टाउकोमा ठूलो चोट परेको कारण पुडासैनीलाई नजिकैको मोडेल अस्पतालमा भर्ना गरि टाउकोमा ७ टाँका लगाउनुपरेको उनले बताए ।

परीक्षा सकिएपछि कुवेरले साथीहरूलाई क्याम्पसमा बोलाएर चिट चोरिरहेको फेला पारेपछि परीक्षा हलबाट बाहिर निकादिएको भन्दै कुटेका हुन् ।

त्यस्तै परीक्षा भने विवादपछि स्थगित गरिएको छ र ‘जगले प्रहार गर्ने विद्यार्थी अहिले फरार छन्, ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>