Breaking News

ओछ्यानमा पिसाब फेरेको भन्दै वार्डेनले बालकको लिङ्ग बाँधने गरेको घटना सार्वजनिक

Banner

पोखरा, पुस ४-

पोखरामा पढ्नका लागि होस्टेल बसेको एक बालले ओछ्याउनमा पिसाब गरेकै निहुँमा वार्डेनले लिङ्ग बाँधिदिने गरिएको भेटिएको छ ।

विद्यार्थीको खानपान, रहनसहन र पडाइबारे ख्याल राख्नुपर्ने पोखरा १५ गलेश्वरचोकमा रहेको न्यु लाइफ होस्टेलकी वार्डेन जानुका नेपालीले डोल्पाका ५ वर्षीय एक नाबाल रेमन बुढालाई यातना दिदै पिसाब गर्ने लिङ्ग बाँधिदिएकी छिन् ।

हिमालयन गुडलाईफ काठमाडौँद्वारा सञ्चालित होस्टेलकी वार्डेन नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब गरेपछि नर्सरीमा पढ्ने रेमन र अन्य विद्यार्थीलाई पनि यसैगरी रबरले लिङ्ग बाँध्ने गरेको विद्यार्थीहरू बताउँछन् । अभिभावक नभएका बालबालिका पढ्ने उक्त स्कुलमा रेमनसँगै ९ बालबालिका बस्छन् ।

एकजना विद्यार्थीले लिङ्ग बाँध्न हुने भन्दै रबर टिपेर शिक्षिकालाई दिएपछि बिद्ययालयले खोजतलासि गर्दा रेमनको लिङ्ग बाँधिएको र पेट फुलेको अवस्थामा भेटिएको थियो ।

यसको खोजी गर्दा रेमनले होस्टेल वार्डेन जानुकाले बाँधिदिएको बताए पछि घटना सार्वजनिक भएको थियो । विद्यालयको अनुसारउनले होस्टेलमा रहेका छात्रालाई समेत यस्तै दुख दिने गरेको र ओछ्यानमा पिसाब गरे मैनबत्ती बालेर झोसिदिने गरेको पीडितहरूको आरोप छ ।

त्यस्तै होस्टेल सञ्चालक राहुल नेपालीले घटनाको जिम्मेवारी लिँदै अब आइन्दा घटना नदोहोर्‍याउने र दोहोरिएको पाइएमा जे कारबाही भोग्न पनि तयार भएको ब्यहोरा जानकारी गराउदै एक सुचना जारी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>