Breaking News

एक हप्तापछि गैंडाकोटको होटलमा भेटिइन् चितवनबाट हराएकी रबिना

Banner
चितवन, पुस ६ –
भरतपुर महानगरपालिका ७ कृष्णपुर (सरदकृष्ण टोल) की २५ वर्षीय युवती रबिना आले (बन्दना) एक हप्तापछि भेटिएकी छिन् ।
पुष १ गतेदेखि हराएकी २५ वर्षीय बन्दना गैंडाकोटको एक खाजा खाने होटलमा फेला परेकी हुन् ।
बन्दनाकी छिमेकी एवम् नेपाल मगर संघ भरतपुर ९ सदरपुर गुठी अध्यक्ष मिना थापा मगरले होटलबाट आज बिहान बन्दनालाई घर ल्याइएको जानकारी दिइन् ।
होटल सञ्चालकले सुरक्षित साथ राखिदिएका रहेछन् । ‘बन्दना सुस्त मनस्थितिकी थिइन् । उनले होटलमा गएर आफू पोखरबाट आएको बताएकी रहिछन् । र बुवाआमा कोही नभएको भनेकी रहिछन् । नम्बर पनि कसैको दिन सकिनछन् । टुहुरो भनेर होटल सञ्चालकले माया गरेर राखिदिनुभएको रहेछ’ मिनाले भनिन्, ‘पत्रिकामा सूचना देखेपछि हामीलाई फोन गर्नुभएको रहेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>