Breaking News
चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित
०

काठमाडौँ, पुस ५-
दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम ३५ वर्ष उमेरका व्यक्ति वामपन्थी नेता गाब्रिएल बोरिकनिर्वाचित भएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेतासमेत हुन् । उनले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन गरेका थिए भने चिलीमा सरकारविरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपति पदको चुनाव भएको हो ।
सीएनएनकाअनुसार भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएर दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई उनले पराजित गरेका थिए । तर नेता होसे एन्तोनिओ कास्तले ४४ प्रतिशत मात्रै मत पाएका थिए ।
त्यस्तै बोरिकले असमानता अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























