चितवन विशेष
भरतपुरमा भोलि तीन घण्टा विद्युत अबरुद्ध हुने

चितवन,पुस ४-
भरतपुरमा भोली (सोमबार) तीन घण्टा विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्युत सेवा अबरुद्ध हुन लागेको हो । बसेनी स्थित १३२–३३–११ केभीए सबस्टेशन मर्मतका लागि विद्युत सेवा अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिनुभयो ।
तोकेको समय भन्दा पहिला मर्मतको काम सकिए पहिलेनै विद्युत सेवा सूचारु हुने नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाका प्रमुख राजु श्रेष्ठले जानकारी दिनुभयो । एक महिना अघि मात्र फेरेको ट्रन्सफर्मको थप मर्मतको काम गर्न लागिएको उहाँले बताउनुभयो ।
औद्योगिक फिडर (शिबघाट एरिया),भृकुटी फिडर अर्थात भरतपुर वडा नम्बर १ र २ मा पुरै लाइन जानेछ भने कल्याणपुर फिडर अन्तर्गत भरतपुर ५, हस्पिटल फिडर र कोकाकोला फिडरमा समेत विद्युत अबरुद्ध हुनेछ ।


























