Breaking News

काँग्रेसको केन्द्रीय सदस्यमा चितवनका दिनेश कोइराला निर्वाचित

Banner

चितवन,पुस ४-

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा चितवनका दिनेश कोइराला निर्वाचित हुनुभएको छ । खुल्ला केन्द्रीय सदस्यतर्फ कोइराला निर्वाचित हुनुभएको हो । कांग्रेसमा ३५ खुला केन्द्रीय सदस्यका लागि भएको मतदानमा ९९ जना प्रतिस्पर्धी थिए । कोइराला २९ नम्वरमा पर्नुभएको छ । औपचारिक घोषणा हुन बाँकी छ ।

खुलातर्फ कोइरालासँगै प्रा.डां.तीर्थराज खनियाँले उमेदवारी दिनुभएको थियो । प्रा.डा. खनियाँ पराजीत हुनुभएको छ ।

चितवनबाट केन्द्रीय सदस्यमा उमेदवारी दिएका बाँकी सदस्यहरूको भने मत परिणाम आइसकेको छैन । केन्द्रीय सदस्यमा उमेदवारी दिनेमा आदिवासी जनजातितर्फ कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरूङ र अञ्जनी श्रेष्ठ, आदिवासी जनजाति महिलातर्फ इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङ, थारूतर्फ साजनकुमार महतो, खसआर्य खुलातर्फ संविधानसभाका सदस्य रामकृष्ण घिमिरे र प्रकाश अधिकारी, खसआर्य महिलातर्फ गीता देवकोटा र दलिततर्फ शान्ति परियारले उमेदवारी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>