चितवन विशेष

प्याब्सन चितवन अध्यक्षमा कीर्तिनिधि अर्याल सर्वसम्मत चयन

Banner

चितवन,पुस ४-

निजी तथा आवासीय अर्गनाइजेशन नेपाल (प्याब्सन) चितवनको अध्यक्षमा कीर्तिनिधि अर्याल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार भरतपुरमा सम्पन्न १५ औँ अधिवेशनले अर्यालको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अर्याल पश्चिम चितवन मिलनचोकस्थित मिलन बोर्डिङ स्कुलका प्राचार्य हुनुहुन्छ । एक जना सदस्य पछि मनोनित गरिनेछ । जिल्लाका सबै पालिका अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ । सबै पूर्णता पाएपछि जिल्ला समिति २८ सदस्सीय हुनेछ ।

यस्तै प्याब्सनको वरिष्ठ उपाध्यक्षमा सीताकुमारी रिजाल सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा हरिप्रसाद अधिकारी, भानुभक्त अर्याल सर्वसम्मत हुनुभयो । सचिवमा मदन पुरी र कोषाध्यक्षमा विष्णुमणि लामिछाने चयन हुनुभएको छ । सहकोषाध्यक्ष मनोनित हुन बाँकी छ । यस्तै, सहसचिवमा शारदा ढकाल र अमृत मल्ल चयन हुनुभएको छ । सदस्यहरुमा होमबहादुर थापा क्षेत्री, विष्णुहरि अधिकारी, जीवन महतो, भीमराज कँडेल, बुद्धिराज चापागाई चयन हुनुभएको छ । भुगोलतर्फ सदस्यमा कमलप्रसाद सापकोटा, नीम भुजेल, धु्रवराज सुवेदी, राजेन्द्रप्रसाद सिलवाल, तुलसीराम पाण्डे, राम थापा र नवराज सुवेदी सर्वसम्मत चयन हुनुभएको छ ।

प्याव्सन चितवनका निवर्तमान अध्यक्ष टीकाराम चापागाईंको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो । कार्यक्रमको केन्द्रीय अध्यÞक्ष टीकाराम पुरीले भर्चुअल माध्यमबाट देशभर एकैपटक उद्घाटन गर्नुभएको थियो । चितवनमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय सदस्य बेलबहादुर गुरुङलाई निर्वाचन केन्द्रीय प्रतिनिधि तोकिएको थियो । सो अवसरमा केन्द्रीय सल्लाहकार केशवकुमार श्रेष्ठ, प्याव्सनका पालिका अध्यक्ष, इस्टुलगायतका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>