Breaking News

बागमती प्रदेशका २ लाख भन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

Banner

काठमाडौँ, पुस ४-

सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउने भएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले खोप अभियानका लागि प्रदेशका ११९ वटा स्थानीय तहहरूलाई २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलव्ध गराएको हो ।

खोप अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न बागमती प्रदेशका सबै स्वास्थ्य इकाइहरुलाई स्पष्ट निर्देशन दिइएको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए ।
खोप अभियानलाई प्रभावकारी एवं व्यवस्थित ढंगले सम्पन्न गर्न सबै क्षेत्रको सहकार्य आवश्यक भएकाले आफ्नो क्षेत्रका लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप सुनिश्चित गर्न उनले अपिल समेत गरेका छन् ।

त्यस्तै बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको विद्यालयमा पुगेर आजबाट खोप अभियान शुरू गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>