Breaking News
साफ यू-१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग भिड्दै
०

काठमाडौँ, पुुस ४-
बंगलादेशको राजधानी ढाकामा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज (सोमबार) नेपाल भारतसँग भिड्दै छ।
नेपाली समयाअनुसार दिउँसो २:४५ बजे खेल ढाका स्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने छ ।
पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो। यसपछि तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले हराएको हो ।
त्यस्तै भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो। तेस्रो खेलमा भारत बंगलादेशसँग हारेको थियो।
पाँच टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहेको नेपाल भारतसँग बराबरी भए पनि फाइनलमा पुग्नेछ। भारत फाइनलमा पुग्न भने नेपाललाई हराउनैपर्छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























