Breaking News

काँग्रस केन्द्रीय सदस्यमा शशांकको अग्रता कायमै, धेरै मत पाउने ३५ भित्र चितवनका दिनेश कोइराला पनि

Banner

चितवन,पुस ३-

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबार बिहानबाट सुरु भएको छ। मतगणना अहिले पनि निरन्तर छ। कांग्रेस पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा १५८९ मत गन्दा डा.शशांक कोइरालाले अग्रता कायमै राखेका छन्। उनी १३१३ मतसहित पहिलो स्थानमा रहेका छन्।

दोस्रो नम्बरमा रहेका एनपी साउदले १०२२, बालकृष्ण खाँणले ९७५, रमेश लेखकले ९६९ र ज्ञानेन्द्र बहादुर कार्कीले ९५५ मत पाएका छन्।

कांग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुनेछन्, जसका लागि ९९ जना प्रतिस्पर्धामा छन्। चितवनका नेता दिनेश कोइराला पनि ३५ जना भित्र परेका छन् ।

यी हुन्, १५८९ मत गन्दा सबैभन्दा बढी मत ल्याउन‍े ३५ जनाः

१. डा. शशांक कोइराला–१३१३
२. एन. पी. साउद–१०२२
३.  बालकृष्ण खाँण–९७५
४. रमेश लेखक–९६९
५. ज्ञानेन्द्र बहादुर कार्की–९५५
६. शंकर भण्डारी–९५२
७.७उदय शम्शेर राणा–९४८
८. रामहरि खतिवडा–९४४
९. अर्जुन नरसिंह के.सी.–९३६
१०. जिप छिरिङ लामा–८८०
११. गोपालमान श्रेष्ठ–८७९
१२. गोविन्द भट्टराई–८६२
१३. डा. राम शरण महत–८६०
१४. बल बहादुर के.सी.–८४७
१५. जित जंग बस्नेत–८४५
१६. नैन सिंह महर–८४०
१७. दिलेन्द्र प्रसाद बडु–८२१
१८. सुनील बहादुर थापा–८१९
१९. पद्म नारायण चौधरी–७८५
२०. मोहन बहादुर बस्नेत–७८१
२१. दिपक गिरी–७६७
२२. सुरेन्द्र राज पाण्डे–७५१
२३. कुन्दनराज काफ्ले–७२५
२४. गुरु बराल–७०१
२५. प्रा.डा. गोविन्द राज पोखरेल–६१७
२६. सञ्जय कुमार गौतम–६१३
२७. राजिव ढुंगाना–६०८
२८. ई. मोहन आचार्य–६०४
२९. वीरेन्द्र कुमार कनौडिया–६००
३०. गणेश लामा–५८९
३१. कृष्ण किशोर घिमिरे–५८६
३२. दिनेश कोइराला–५८६
३३. डा. गोपाल दहित–५८५
३४. मदन बहादुर अमात्य–५८०
३५. अजयबाबु शिवाकोटी–५७५

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>