Breaking News
नेकपा एस सहभागी हुने सर्वदलीय बैठकमा एमाले नजाने
०

काठमाडौं,पुस ३-
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेले कारवाही गरेका व्यक्ति समेटेर अवैध रुपमा दर्ता भएको दल नेकपा एस सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने उपाध्यक्ष तथा संसदीय दलका उप( नेता सुवास नेम्वाङले बताए ।
नेम्वाङले भने – प्रधानमन्त्रीज्यूसँग छलफल गर्न हामी तयार छौं । कांग्रेसको महाधिवेशनमा हाम्रो अध्यक्षले सम्बोधन गर्नुभयो । तर एमालेले मान्यता नदिएको र अदालतमा मुद्दा विचाराधीन रहेको समूहलाई बैधानिकता दिनेगरि हामी कुनै बैठकमा सहभागी हुँदैनौं । यसअघि पनि नेकपा एसको सहभागितालार्य लिएर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो । एमसीसी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले आइतवार बैठक बोलाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























