Breaking News

सोध्दै नसोधी एमालेको सल्लाहकार बनाइएकोमा भीम रावलको आपत्ति

Banner

काठमाडौँ, पुस ३-

नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन्।

रावलले ट्विटरमार्फत आफ्नो प्रतिक्रिया लेखेका छन् मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।

रावल एमालेको दशौं महाधिवेशनमा केपी ओलीसँग पराजित भएका थिए। त्यस्तै शुक्रबारको पत्रकार सम्मेलनमा अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रूचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>