चितवन विशेष

भरतपुरमा आफुसँगै बाटो काट्न लागेकी छोरीलाई ट्रकले ठक्कर दिएपछि आमा बेहोस,उपचारका लागि अस्पताल पठाइयो

Banner

चितवन,पुस २-

चितवनको भरतपुरमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा दुई वर्षीया बालिकाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार शुक्रबार दिउँसो १२ बजेतिर बसन्त चोकमा आमाको हात समातेर बाटो काट्दै गरेकी बालिकालाई भरतपुरबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १३०६ नम्बरको ट्रकले ठक्कर दिएको हो। ट्रकको ठक्करबाट दुई वर्षीया दीपिका जोशीको घटनास्थलमै मृत्यु भएको छ। उनकी आमा २४ वर्षीया सम्झना जोशी बेहोस भएकी छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको डिएसपी अधिकारीले जानकारी दिए।

ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयले ट्रक जलाइदिएका छन्। उनीहरूले पूर्व-पश्चिम राजमार्ग पनि केहिबेर अवरूद्ध गरेका थिए। घाइते बालिकालाई ट्रकका चालकले व्याक गरेर मारेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले दर्जन राउन्ड अश्रुग्यास हानेर डेढ घन्टापछि बाटो खोलेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>