Breaking News

डेढ घण्टापछि खुल्यो भरतपुरमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग

Banner

चितवन,पुस २ –

भरतपुरमा ट्रकको ठक्करबार बालिकाको मृत्‍यु भएपछि अवरुद्ध भएको पूर्व पश्चिम सडक खुलेको छ । अवरुद्ध सडक दिउँसो १ः५० बजेबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अहिले घटनास्थलको अवस्था सामान्य छ । आज दिउँसो १२ बजे नारायणगढबाट पूर्व तर्फ जाँदै गरेको ०३-००१ ख १३०६ नम्बरको ट्रकको ठक्करबाट स्थानीय दुई वर्षीया दिपिका जोशीको घटनास्थलमै मृत्‍यु भएको थियो । घटनापछि आक्रोसित स्थानीयले ट्रकमा आगजनी तथा राजमार्ग अवरुद्ध गरेका थिए ।

प्रहरीका अनुसार दिउँसो १२ बजे बसन्त चोकमा आमाको हात समातेर बाटो काट्दै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मृतककी आमा २४ वर्षीया सम्झना जोशी बेहोस भएकी छन्। उनलाई उपचारका लागि अस्पताल ल्याईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>