Breaking News

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना सुरु

Banner

काठमाडौँ, पुस २-

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी पाँच क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुर भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार कांग्रेसका महामन्त्री पदको आठ क्लस्टरमध्ये तीनको बिहीबार मतपरिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना आज सुरु गरिएको हो ।

कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । महिला, दलित र आदिवासी जनताति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणामअनुसार महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित हुनुभएको थियो । सहमहामन्त्री पदका बाँकी पाँच क्लस्टरमध्ये अब खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्लस्टरको मतगणना सुरु भएको छ ।

खसआर्य समूहमा किशोरसिंह राठोर, देवराज चालिसे, मधेसी क्लस्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा हुनुहुन्छ । थारु क्लस्टरको सहमहामन्त्रीमा उमाकान्त चौधरी, तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरी पिछडिएको समूहबाट जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>