Breaking News

बेलायतमा ओमिक्रोन र डेल्टा तिव्र गतिमा फैलिदै, कोरोना संक्रमति संख्या अहिलेसम्मकै उच्च, स्थिति भयावह

Banner

काठमाडौँ, पुष १-

बेलायतमा ओमिक्रोन र डेल्टा तिव्र गतिमा फैलिरहेको र कोरोना संक्रमितको संख्या पनि अहिले सम्मकै उच्च रहेको छ ।

एक पत्रकार सम्मेलनमा मुख्य चिकित्सा अधिकारी प्रोफेसर क्रिस व्हिटीले बेलायतमा बुधवार ७८ हजार ६ सय १० जनामा संक्रमण देखिएको र यो अहिलेसम्मकै उच्च भएकोले आगामी दिनमा स्थिति अझै भयावह हुन सक्ने बताए । उनले क्रिशमस नजिकिँएको भन्दै सामाजिक दूरी र स्वास्थ्य मापदण्डलाई ख्याल गर्न आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री बेरिस जोनसनले हरेकलाई बुस्टर लगाउन आवश्यक भएको बताए। त्यस्तै उनले पछिल्लो दिनमा संक्रमणको मामला दुई गुणा बढेको र अस्पताल भरिएको बताए।

यस अघि यसै वर्षको जनवरी ८ मा एकै दिन ६८ हजार जनामा कोरोना पुष्टि भएको थियो जतिबेला बेलायतमा लकडाउन थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>