Breaking News

महामन्त्रीमा गगन र विश्वप्रकाशको प्रारम्भिक अग्रता

Banner

काठमाडौँ, पुष १-

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ।

महामन्त्रीको जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । एक सय मत गणना हुँदा गगनले ७० र विश्वप्रकाशले ३४ मत पाएका हुन् ।

महामन्त्रीमा सभापति शेरबहादुर देउवाको प्यानलबाट महत र पौडेल उम्मेदवार भएका छन् । थापा र रिजाल शेखर कोइरालाको प्यानलबाट छन् । कांग्रेस प्रवक्तासमेत रहेका शर्मा पनि महामन्त्रीमा उठेका छन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेको भए पनि दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गरेका थिए ।

यस्तै डा.प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७, डा. मीनेन्द्र रिजालले २१, डा.राजाराम कार्कीले ४ मत ल्याएका छन् । महामन्त्रीमा युवा नेता उम्मेदवार रहेकाले कसले जित्छ भन्ने चासो सबैभन्दा बढी छ । कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>