Breaking News
शुक्रबारदेखि चिसो अझै बढ्ने, वर्षा र हिमपातको सम्भावना
०

काठमाडौँ, पुष १-
काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ । बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ५.७ डिग्री रहेको छ भने काठमाडौं उपत्यकाको न्युनतम तापक्रममा बुधबारभन्दा १.२ डिग्री सेल्सियसले घटेर ३ डिग्री सेल्सियस पुगेको छ।
बिहीबार साँझ हिउँदे मौसमको बुलेटिन जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीले शुक्रबार बिहानबाट नेपालको सुदूर पश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागहरूका केही स्थानहरूमा हल्का हिमपात हुने सम्भावनारहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























