Breaking News

कांग्रेस महामन्त्रीको मतगणना सुरू

Banner

काठमाडौँ, पुष १-

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले पार्टी कार्यालय सानेपामा महामन्त्री पदका लागि मतगणना भइरहेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको अनुसार ६ जनाबीच भएको प्रतिस्पर्धाबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल तथा प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्कीमैदानमा छन्।

यसअघि सभापति र उपसभापतिको मतगणनाबाट सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>