चितवन विशेष
चितवन हिमाल डेण्टल १९ औं वर्षमा प्रवेश, वार्षिकोत्सवमा १५ दिन ३० प्रतिशत छुट

चितवन,मंसिर २९-
चितवनको नारायणगढस्थित शहिदचोकमा रहेको चितवन हिमाल डेण्टलले १८ वर्ष सेवा प्रदान गरेको छ । दाँत सम्बन्धित सेवा दिँदै आएको डेण्टलले १८ वर्ष चितवन र आसपासका जिल्लाका नागरिकलाई सेवा प्रदान गरेको हो ।
डेण्टल १८ बर्ष पुरा गरि १९ औं वर्षमा प्रवेश गरेको छ । डेण्टलको वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवामा छुट दिने नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । वार्षिकोत्सवको अवसरमा पौष १ गतेदेखि १५ गतेसम्म निःशुल्क दन्त परीक्षण तथा परामर्श दिइने डेन्टलकी सञ्चालक रान्जिता अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दाँत, मुख र गिजा सम्बन्धि सम्पूर्ण उपचारमा ३० प्रतिशत छुट दिइनेछ । डेण्टलको कार्यालयमा नै स्वास्थ्य शिविर राखेर निःशुल्क दन्त परीक्षण तथा उपचारमा छुट दिन लागेको उहाँले जानकारी दिनुभयो । उहाँले व्यवसायीक रुपमा मात्र नभई सेवा भावले काम गरिरहेको भन्दै गुणस्तरलाई प्राथमिकतामा राखेको बताउनुभयो । प्रविधि मार्फत उपचार हुने भएका कारण पनि डेण्टलको सेवा थप प्रभावकारी बनेको अधिकारीको भनाई छ । उहाँले बजार मूल्य भन्दा सस्तोमा हिमाल डेण्टलले उपचार गराइरहेको जानकारी दिनुभयो ।

डेण्टलले निःशुल्क दन्त परीक्षण तथा परामर्श सेवासंगै नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेण्टीकहरुद्धारा मिलाइने,गिजा सुनिने,श्वास गन्हाउने,गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्तहर्ष,दाँत सफा गर्ने तथा टल्काउने,दाँतमा सिसा,चाँदी,सिमेन्ट भर्ने,नयाँ दाँत राख्ने,झिक्नु पर्ने अथव झिक्नै नपर्नेगरी फिक्स गर्ने,दुःखेको दाँतको जराबाटै उपचार,दाँतमा हिरा राख्ने र दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्सरेको सुविधा प्रदान गरेको जनाएको छ ।
डेण्टलका व्यवस्थापक जयराम जोशीले अन्य समयमा पनि रु १०० को टिकट काटेपछि सधैंका लागि दाँत परीक्षण गराउन पाइने व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँले जटिल प्रकृतिका बाहेकका सबै दाँतको शल्यक्रिया चितवन हिमाल डेण्टलमा हुने बताउनुभयो ।
स्थापनाकालमा क्लिनिकमै गएर दाँतको उपचार गराउनुपर्छ भन्ने चेतना फैलाउन निकै चुनौतीपूर्ण हुने गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले १८ वर्ष अघि डेण्टलमा आएर उपचार गराएका सेवाग्राहीहरु अहिले पनि दन्त परीक्षणका लागि आउने गरेको बताउनुभयो । चितवन हिमाल डेण्टलले प्रदान गर्ने सेवाकै कारण ग्राहकहरुको मन जित्न सफल भएको उहाँको भनाई छ ।
“पहिले धेरै जसो आरनमा गएर दात झिकेको भनेर आउनुहुन्थ्यो । त्यती बेला उहाँहरुलाई क्लिनिकमा ल्याएर दाँतको उपचार गराउनु निकै चुनौतीपूर्ण हुन्थ्यो,उहाँले भन्नुभयो, त्यती बेलादेखिका सेवाग्राहीहरु अहिले पनि आउनुहुन्छ । यो उहाँहरुको हामीप्रतिको विश्वासको कारण हो ।” अहिले दात निकाल्ने भन्दा पनि बिग्रिएका दातलाई कसरी बनाउने भनेर उपचारका लागि धेरै सेवाग्राही आउने गरेको उहाँले बताउनुभयो । पछिल्लो दुई बर्षको अवधिमा १२ हजारलाई सेवा प्रदान गरेको जोशीले जानकारी दिनुभयो ।

दन्त चिकित्सक राजिव काफ्लेले पहिलेको तुलनामा अहिले दात सम्बन्धि सचेतना बढेको बताउनुभयो । पहिले पहिले जटिम अवस्थामा मात्रै दातको परीक्षणका लागि सेवाग्राही आउने गरेकोमा अहिले केही समस्या नहुँदा पनि परीक्षणका लागि आउने गरेको बताउनुभयो । दाँतमा थाहा पाउने केही समस्या नदेखिए पनि समय समयमा दन्त परीक्षण आवश्यक रहेको उहाँको भनाइ थियो ।
उहाँका अनुसार धुम्रपान तथा मद्यपानका कारण महिलाका तुलनामा पुरुषमा दाँत सम्बन्धि समस्याहरु बढी देखिने गरेको छ । खराब जिवन शैलीका कारण पनि पुरुषहरुमा दाँतको समस्या बढि हुने गरेको छ । चितवन हिमाल डेण्टलमा चितवनसहित, मकवानपुर, नवलपुर, नवलपरासी, धादिङ, तनहुँ र लम्जुङबाट सेवाग्राहीहरु आउने गरेका छन् । १० देखि २० ओ प्रतिशत विदेशबाट नेपाल फर्किएकाहरुले सेवा लिने गरेका छन् । चितवनमा दर्जनौं डेण्टल क्लिनिकहरु संचालनमा रहेका छन् ।


























