Breaking News

काँग्रेस महाधिवेशनः उपसभापतिको मतगणना सुरु

Banner

काठमाडौँ, मङ्सिर २९-

नेपाली काँग्रेसका उपसभापतिको मतगणना सुरु भएको छ । १४औँ महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सुरु भएको हो । निर्वाचन समिति सदस्य एवम् अधिवक्ता केशव रिजालका अनुसार साढे ४ बजे सुरु हुने भनिएको मतगणना केही ढिला गरेर भर्खरै सुरु भएको हो ।

पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार बढी मत पाउने शेरबहादुर देउवा र डा। शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित हुनुभएको छ ।

सभापतिको मतपरिणाम सार्वजनिक भए पनि पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना बाँकी छ । निर्वाचन समिति सदस्य रिजालका अनुसार करिब चार घण्टापछि उपसभापतिका उम्मेदवारको मत परिणाम सार्वजनिक हुनेछ ।

काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहले उम्मेदवारी दिनुभएको छ । पार्टी विधान अनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुनुहुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>