Breaking News
बधाई दिँदै सभापति देउवालाई पौडेलले भने : एकताबद्ध कांग्रेस निर्माण होस्
०

काठमाडौँ, मंसिर २९-
पुनः सभापतिमा निर्वाचित भएपछि विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘ संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो।’
राष्ट्रिय र पार्टी जीवन इतिहासको अत्यन्त गम्भीर मोडमा पुगेको उल्लेख गर्दै सन्देशमा पौडेलले देउवाबाट सकारात्मक भूमिका निर्वाह हुने अपेक्षा गरेका छन्।
कांग्रेसको १४ महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा दोहोरिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























