Breaking News

चितवन बन्द गराउँदै हिड्ने पाँच जना पक्राउ

Banner

चितवन, मंसिर २८ –
मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) खारेजीको माग राखेर चितवन बन्द गराउँदै हिडेका पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढबाट जिल्लाका विभिन्न राजनीतिक दलका कार्यकर्तालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा राष्ट्रिय जनमोर्चा चितवनका जिल्ला अध्यक्ष डम्बर पुरी, विप्लब नेतृत्वको नेकपा माओवादीका चितवन इन्चार्ज सन्देश पौडेल, बैद्य माओवादीका धननाथ सापकोटा, बद्री अधिकारी, प्रकाश ढकाल रहेका छन् । उनिहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको नेकपा मसालका प्रवक्ता मेघराज ढकालले जानकारी दिनुभयो ।

एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति बनाएर जिल्लामा सक्रिय १३ दलहरुले आज चितवन बन्दको घोषणा गरेका थिए । शैक्षिक संस्था, कलकारखना, बजार र यातायात बन्द समेत रहेका छन् । राष्ट्रघाती एमसीसीको सरकारले पारित गर्न लागेकाले बाध्य भएर दबाब स्वरुप बन्दको आह्वान गरिएको ढकालले बताउनुभयो ।

संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र हिजो मसाल जुलुस समेत निकालेको थियो । बन्द आह्वान गर्ने दलहरुमा माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजबादी), विप्लब नेतृत्वको नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, मोहन बैद्य र ऋषि कट्टेलको नेकपा, त्रिमुल, जनरोकार मञ्ज लगायतका १३ वटा दल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>